गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जित्याे

images
  • 210
    SHARES
  • चैत्र २५, २०८० आइतबार
    गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जित्याे
    images

    काठमाण्डाै –

    गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा नेपालले गुजरातलाई १८ रनले हरायाे ।

    नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्याे । गुजरातका उमाङ्ग राेहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।  

    यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend