थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

images
  • 80
    SHARES
  • जेठ २३, २०७९ सोमबार
    थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त
    images

    काठमाडौं 

     पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

    coronavirus-corona-update_20200907143958 (1).jpg

     

    पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएर घर फर्किएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अुनसार हाल १०९ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend