नारायणी नदीकिनारमा जनजातिका नौ घर आगलागीबाट जलेर नष्ट

images
  • 258
    SHARES
  • चैत्र २७, २०८० मंगलबार
    नारायणी नदीकिनारमा जनजातिका नौ घर आगलागीबाट जलेर नष्ट
    images

    भरतपुर ।

    नारायणी नदीकिनारमा आयोजित प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव-२०८० का क्रममा निर्माण भएका ११ जनजातिका घरहरुमा शनिबार राति आगलागी भएको छ ।e130089f-1939-4324-b044-51172016748f-1920x1080.jpg

    आगलागीबाट दूरा र बोटेको घरबाहेक सबै घरहरु जलेर नष्ट भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए । घटनास्थलमा दमकलको सहयोगमा आगो निभाइएको थियो । आगोलागीको कारण खुलेको छैन ।

    थारु, कुमाल, चेपाङ, मगर, गुरूङ, तामाङ, भुजेल, राई, दराई जातिका घरहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend