अध्ययनका लागि जापान जाने विद्यार्थीहरुको कोतोदामा ल्याङवेज इन्स्टिच्यूट द्धारा अभिमुखिकरण सहित बिदाई

images
  • 156
    SHARES
  • चैत्र २८, २०८० बुधबार
    अध्ययनका लागि जापान जाने विद्यार्थीहरुको कोतोदामा ल्याङवेज इन्स्टिच्यूट द्धारा अभिमुखिकरण सहित बिदाई
    images

     काठमाडौँ 

    उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुको काठमाडौँको बालाजुचोकमा सञ्चालित कोतोदामा ल्याङवेज इन्स्टिच्यूट प्रालिले जापानका लागि उच्च शिक्षा अध्ययनको लागि जाने अप्रिल २०२४ को सेसनका विधार्थीहरुको विदाई गरेको छ ।

    काठमाडौमा आयोजित एक समारोहकावीच विधार्थीको विदाईसंगै इन्स्टिच्यूटद्धारा जापानको रहनसहन, त्याहाँको कानूनी व्यवस्था, रोजगारीको अवस्था, त्याहाको संस्कृती लगायतका बिषयमा समेत अभिमुखिकरण गराएको थियो । कार्यक्रममा जापान जाने विधार्थीसंगै उनिहरुका अभिभावकहरुसंग समेत अन्तरकृया गरिएको इन्स्टिच्यूटका प्रवन्ध निर्देशक विनोद पोखरेलले जानकारी दिए। हरेक सेसनमा उल्लेख्य नेपाली विधार्थीहरु इन्स्टिच्यूटको सहजीकरण र समन्वयमा जापान गइरहेको प्रवन्ध निर्देशक पोखरेलले बताए ।

    ‘हामीले २ दशकभन्दा बढी समय भयो नेपाली विधार्थीहरुको उच्च शिक्षा हासिल गर्ने अभियानमा सहकार्य र सहजीकरण गर्न थालेको, आजका दिनसम्म आइपुग्दा हामी देशभरका विधार्थीहरुको आशा र भरोसा बन्न पाउँदा अत्यन्त हर्षित छौ’ पोखरेलले भने । जापानमा शिक्षासँगै सम्मानजनक रोजगारी र राम्रो आयको अवसर रहेको समेत बताए । २२ बर्ष अनुभव रहेको कोतोदामा ल्याङवेज इन्स्टिच्यूटले विशेष गरेर जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहाने विधार्थीहरुका लागि भाषा कक्षा सञ्चालन तथा जापानी विश्वविधालयहरुसंग आवस्यक सहजीकरण र समन्वय गर्दै आइरहेको छ । अप्रिल सेसनका विधार्थीको विदाई तथा अभिमुखिकरण कार्यक्रममा जापानका पूर्व राजदुत गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उनले भर्चुअल रुपमा विधार्थीहरुलाई शुभेच्छा व्यक्त गरेका थिए ।

    त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका कानूनी सल्लाहकार कमलराज अधिकारी, जिवकराज वज्राचार्य, सामाजिक अभियान्ता इन्द्रराज भट्टराई लगायतले सम्बोधन गरेका थिए । वज्राचार्य जापानको विश्वविधालयको पिएचडी होल्डर हुन् । उनले विधार्थीहरुलाई जापानमा गएर अध्ययन गर्दाको अनुभव सुनाएका थिए । त्यस्तै अर्का बक्त्ता भट्टराई इन्टरनेशनल सोसियल सर्भिस अवार्ड २०२३ तथा नेशनल वेलफेयर अवार्ड २०२३ प्राप्त गर्न सफल ब्यक्ति समेत हुन् । कार्यक्रमकै अवसरमा अप्रिल २०२४ सेसनमा रविना श्रेष्ठ र सनम मैनाली उत्कृष्ठ विधार्थी घोषित भए भने २०२३ को उत्कृष्ठ कर्मचारीका रुपमा प्रतिक्षा मरेटा घोषित भएको कोतोदामा ल्याङवेज इन्स्टिच्यूट प्रालिका मेनेजर नरेन्द्र पण्डितले जानकारी दिए ।

    कार्यक्रममा पण्डित निलकण्ठ शर्माले स्वस्तिक वाचन गरेका थिए भने विधार्थी अम्मर खत्रीले कविता, इन्दु गुरुङ, दिप्सना ढकाल, दिप्सिका ढकालले नृत्य प्रदर्शन गरेका थिए । त्यस्तै शिक्षक प्रकाश खनियाले विधार्थीहरुले जापान पुगेपछि अध्ययनसंगै आफ्नो र परिवारको जिविकोपार्जनका लागि गर्नुपर्ने कार्य, त्याहांको वातावरणसंग घुलमिल हुने तरिका, दैनिकी ब्यवस्थापन लगायतका बिषयमा जापनीज भाषाबाट सम्बोधन गरेका थिए । कार्यक्रम सोही इन्स्टिच्यूटमा जापानिज भाषा अध्ययरत विधार्थी निरज ढकालले सञ्चालन गरेका थिए । कोतोदामा ल्याङवेज इन्स्टिच्यूट प्रालिले २०२४ को अक्टोबर र २०२५ को अप्रिल सेसनका लागि नयाँ भर्ना समेत खुलिसकेकाले देशभरका विधार्थीहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend