हावाहुरी र चट्याङसहित आज केही ठाउँमा वर्षाको सम्भावना

images
  • 208
    SHARES
  • चैत्र २९, २०८० बिहीबार
    हावाहुरी र चट्याङसहित आज केही ठाउँमा वर्षाको सम्भावना
    images

    काठमाण्डौ -

    आज लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँहरुमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी ठाउँमा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नरहको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

    त्यस्तै आज  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली केही  ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend