मिमोसा टेकको टेबुल पात्रो प्रकाशन

images
  • 180
    SHARES
  • बैशाख १, २०८१ शनिबार
    मिमोसा टेकको टेबुल पात्रो प्रकाशन
    images

    भरतपुर ।

    मिमोसा टेक सोलुसनले टेबुल पात्रो सार्वजनिक गरेको छ। शुक्रबार भरतपुरमा चितवनका सफल व्यवसायीहरु प्रभाकर पण्डित र टेकलाल भुसाललगायतको उपस्थितिमा २०८१ सालको टेबुल पात्रो सार्वजनिक गरिएको हो।

    स्थानीय तहहरुमा योजना शाखाको लागि सफ्टवेयर निर्माण गर्दै आएको मिमोसाले पहिलोपटक टेबुल पात्रो प्रकाशनमा ल्याएको हो। पहिलोपटक गरिएको प्रयासले नयाँ उर्जा मिलेको मिमोसा टेक सोलुसनका सञ्चालक विनोद अनुजले जानकारी दिए। धेरै व्यक्ति तथा संघ संस्थाहरुले भित्तेपात्रो प्रकाशनमा जोड दिने गरिएको हुँदा मिमोसाले टेबुलमा राख्ने पात्रो प्रकाशन गरेको उनको भनाइ छ। टेबुल पात्रोको विमोचन गर्दै व्यवसायी प्रभाकर पण्डितले स्थानीय तहलक्षित कार्यक्रमको सिलसिलामा प्रकाशन गरिएको टेबुल पात्रोलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जानुपर्ने सुझाव दिए। मिमोसाले भरतपुर-४, धर्मचोकबाट सेवा दिँदै आइरहेको छ। छोटो कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामनासमेत आदानप्रदान गरिएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend