साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन

images
  • 212
    SHARES
  • बैशाख ४, २०८१ मंगलबार
    साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन
    images

    पोखरा, वैशाख ४-

    साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।

    पोखराका पगेनी ‘शिव’ निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले पुष्टि गरे ।

    कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।

    प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend