आज विवाह बन्धनमा बाँधिँदै गायिका एलिना चौहान

images
  • 192
    SHARES
  • बैशाख ५, २०८१ बुधबार
    आज विवाह बन्धनमा बाँधिँदै गायिका एलिना चौहान
    images

    काठमाडौं,बैशाख ५

    गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका हुन् ।

     

    एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend