एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

images
  • 221
    SHARES
  • बैशाख ५, २०८१ बुधबार
    एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई पुरानो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले बताए।

    उनलाई लागूऔषध सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनले पाँच वर्ष कैद सजाय तोेकेको थियो। एन्फाको उपाध्यक्ष भए पनि उनको नाम फरार सूचीमा थियो।

    खैरो हिरोइन बिक्रीमा संलग्न भएको आरोपमा लामा विरुद्ध मुद्दा दायर भएको थियो। त्यसमा पाँच वर्ष कैद सजाय पाएका लामा एन्फाको निर्वाचनमा उम्मेदवार बन्दा पनि उजुरी परेको थियो।

    त्यस वेला लामाले आफू जेल बसिसकेको भन्दै थामथुम पारेका थिए। एन्फाको निर्वाचन समितिले पनि आवश्यक छानबिन गरेको थिएन। त्यति वेला तालमेल गरेर उपाध्यक्ष निर्वाचित भएका थिए।
    https://www.himalkhabar.com/news/141120

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend