देवघाट तनहुँ:जेष्ठ २३ करिस्मा गुरुङ
तनहुँको देवघाटमा लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत अचार बनाउने सीपमूलक तालिम सुरू भएको छ । देवघाट गाउँपालिकाको आयोजनामा सो तालिम आजबाट सुरू भएको छ ।

सो तालिममा देवघाट गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तिल बहादुर थापाले तालिमले महिला दिदिबहिनीहरूमा सीपको बिकास गराउने, व्यवसायी संगै आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताउदैँ एउटा परिवारमा मिठो ल-मिठो परिकार बनाएर परिवारमा सम्बन्ध सुधार बन्ने समेत बताउनुभयो ।

कार्यक्रममा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीले तालिमहरूको आयोजना गरेर महिला दिदिबहिनीहरूलाई अघि बढ्न बाटो देखाउने बताउदै,उनले अचार बनाएर व्यवसायी बन्न महिला दिदिबहिनीहरूलाई आग्रह गर्दै बजार व्यवस्थापनमा पालिकाले सहयोग पुर्याउने समेत बताउनुभयो ।

तालिममा प्रशिक्षक तथा अचार व्यवसायी सुनिता श्रेष्ठले आज पहिलो दिन सहभागी ३५ जना प्रशिक्षार्थीहरुलाई तीन प्रकारको अचार मुला, गाजर, काउलीको मिक्स, आँपको र मासुको अचार बनाउन सिकाएको जानकारी गराउनुभयो । तालिममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुर्ण बहादुर कुँवर, पालिकाका लेखा अधिकृत उमानाथ ढकाल र देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख सुभद्र भट्टराई लगाएको उपस्थिति रहेको थियोे ।




