१० वैशाख, काठमाडौं
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ ।
नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले सोमबार आयोजना गरेको विशेष समारोहमा भण्डारीलाई सम्मान गरिएको हो ।
भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति समेत हुन् । नेकपा एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी २०७२ साल कात्तिक १२ गतेदेखि २०७४ साल फागुन २९ गतेसम्म पहिलो कार्यकाल र २०७४ फागुन ३० देखि २०७९ फागुन २९ गतेसम्म दोस्रो कार्यकाल राष्ट्रपति बनेकी थिइन् ।



