तनहुँकी चेली लोकदोहोरी गायीका सबिता परियारको ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक

images
  • 180
    SHARES
  • बैशाख १२, २०८१ बुधबार
    तनहुँकी चेली लोकदोहोरी गायीका सबिता परियारको ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक
    images

    नहुँ ।

    तनहुँकी चेली चर्चित लोक तथा दोहोरी गायीका सबिता परियारको नयाँ लोकदोहोरी गीत ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक भएको छ । आज बिहान ८ बजे उनको आफ्नै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसियलबाट गीत सार्वजनिक भएको हो ।

    गायीका सबिता परियार र चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको स्वर रहेको गीतमा शब्द र संगीत गायक पशुपति शर्माको रहेको छ भने गीतको म्युजिक भिडियोमा मोडल सरिता केसी र अनुप बिष्टले अभिनय गरेका छन् । 

    गायीका परियारको गावै रमाइलो भाग १ भाग २, माछी पानीमा, ज्यानले मन पराईच लगायत लगायत आधा दर्जन भन्दा बढि गीत बजारमा आईसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend