काठमाण्डाै
भक्तपुरमा दूधको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

मध्यपुरथिमि नगरपालिका एक लोकन्थली चोकमा वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङ्करले ठक्कर दिएकाे हाे।
दुर्घटनामा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षका नकुल थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।



