नारायणगढ, वैशाख १४-
कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।
त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले ससवारी चालक ९ड्राइभिङ० तालिमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीप भएका मानिसलाई कामको दुःख छैन । ”



