रामनगरमा सहिद लखन थापाको साढे तीन फिट अग्लो सालिक निर्माण

images
  • 359
    SHARES
  • बैशाख १५, २०८१ शनिबार
    रामनगरमा सहिद लखन थापाको साढे तीन फिट अग्लो सालिक निर्माण
    images

    चितवन — भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको साढे तीन फिट अग्लो शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवन र लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।440868654_8399139243435707_7780759917299406238_n (1).jpg

    रामनगरमा सहिद लखन थापाको सालिक निर्माण साढे तीन फिट अग्लो शालिकका लागि महानगरले ११ लाख ४९ हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा १३ लाख रुपैयाँ खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग गरेको लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिए ।440845859_8399139276769037_1357507143282822857_n.jpg

    विस १८९१ सालमा गोरखाको बुंकोट, काहुलें भंगारमा जन्मेका लखन थापाले विस १९३३ सालको फागुन २ मा साहदत पाएका थिए । सरकारले उनलाई औपचारिक रुपमा विस २०७३ सालको असोज ३ मा देशका पहिलो सहिद घोषणा गरेको थियो । शालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना पनि रहेको अध्यक्ष निलकुमार मगरले बताए ।438079468_8399154996767465_1361956982468430269_n.jpg

    रामनगरमा नारायणगढ मुग्लिन सडकदेखि सात सय मिटर जति दक्षिण बरण्डाभार जंगल आडको २१ बिघा क्षेत्रलाई वनभोज स्थल र पार्क बनाउन लागेको उनले बताए । वन क्षेत्र भएका कारण आडैमा विशाल कृतिम ताल बनाउने योजना पनि रहेको उनको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend