बझाङको प्रदेश सभा १ (क) मा ५० प्रतिशत हाराहारीमा मतदान

images
  • 216
    SHARES
  • बैशाख १५, २०८१ शनिबार
    बझाङको प्रदेश सभा १ (क) मा  ५० प्रतिशत हाराहारीमा मतदान
    images

    काठमाण्डाै –

    बझाङको प्रदेश सभा १ (क) मा सम्पन्न उपचुनावमा ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

    आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ५० प्रतिशत हाराहारीमा मत खसेकाे प्रारम्भिक जानकारी आएकाे मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनुभयो । बझाङ प्रदेश सभा १ (क) मा मतदाताकाे सङ्ख्या ६१ हजार सात सय ४८ रहेकाे छ ।

    बझाङमा मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहानसम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो ।

    यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि त्यहाँ उपचुनाव भएका हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend