काठमाडौँ, वैशाख १६-
देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई महानगरले निः शुल्क सेवा प्रदान गर्ने बताएका हुन् ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गरेका हुन् ।



