बुबाको हत्या आरोपमा छोरी पक्राउ

images
  • 192
    SHARES
  • बैशाख १६, २०८१ आइतबार
    बुबाको हत्या आरोपमा छोरी पक्राउ
    images

    काठमाडौं, वैशाख १६-

    जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्। हाँसु सौतनी छोरी हुन्।

    उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो। पातारासि गाउँपालिका-१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो। उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend