इलाम २ मा एमालेका नेम्वाङ ५ हजारभन्दा धेरै मतले अघि

images
  • 201
    SHARES
  • बैशाख १७, २०८१ सोमबार
    इलाम २ मा एमालेका नेम्वाङ ५ हजारभन्दा धेरै मतले अघि
    images

    काठमाण्डाै – इलाम–२ मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे अग्रता ५ हजार नाघेकाे छ ।

    अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ ।

    यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गर्नुभएको छ ।

    अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend