सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट

images
  • 276
    SHARES
  • बैशाख १८, २०८१ मंगलबार
    सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट
    images

    १८ वैशाख, काठमाडौं

    काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा पुगेको थियो ।

    प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनको लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । श्रेष्ठले मानवीय र पशुचौपाया क्षति नभएको जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend