एकैदिन २ हजार रुपैंयाले घट्यो सुनको मूल्य

images
  • 225
    SHARES
  • बैशाख १९, २०८१ बुधबार
    एकैदिन २ हजार रुपैंयाले घट्यो सुनको मूल्य
    images

    काठमाण्डौ – 

    सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज एकैदिन २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ स्थिर रहेर अस्ति सोमवारजस्तै १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    यस्तै चाँदीको भाउ पनि आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ६ सय ३० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend