अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने बुटवलका युवक पक्राउ

images
  • 225
    SHARES
  • बैशाख १९, २०८१ बुधबार
    अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने बुटवलका युवक पक्राउ
    images

    बुटवल ।

    अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै पटक–पटक करणी गर्ने एक पुरुष रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

    एकल महिलालाई ब्ल्याकमेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरले जबरजस्ती करणी अभियोगमा गुरुङलाई पक्राउ गरिएको बताए । महिलाले दिएको उजुरीको आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो।

    गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक–पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend