थप २८ जनामा कोरोना संक्रमण, १०७ जना सक्रिय संक्रमित

images
  • 80
    SHARES
  • जेठ २४, २०७९ मंगलबार
    थप २८ जनामा कोरोना  संक्रमण, १०७ जना सक्रिय संक्रमित
    images

    काठमाडौं 

    पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

    coronavirus-corona-update_20200907143958 (1).jpg

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend