नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति

images
  • 193
    SHARES
  • बैशाख २१, २०८१ शुक्रबार
    नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति
    images

    काठमाण्डौ 

    वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति लिएका छन् ।

     

    ३० वटा हिमाल आरोहणका लागि एक सय ९८ जना महिला सहित नौ सय ४५ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

    सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि चार सय तीन जनाले अनुमति लिएका छन् । आरोहण अनुमती लिनेबाट सरकारले ६५ करोड ५३ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट मात्रै ५७ करोड ६१ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend