मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थाल्याे

images
  • 272
    SHARES
  • बैशाख २३, २०८१ आइतबार
    मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थाल्याे
    images

    काठमाण्डाै 

    मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थालेको छ । गर्मीका कारण आक्रान्त भइरहेकोमा हिजोदेखि तापक्रम घट्ने क्रम शुरु भएको हो ।

    हिजोदेखि नै तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा तल नै रहन थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । तापक्रम अझै घट्दै जानेछ ।

    यसपालि केही दिनअघि तापक्रम सबैभन्दा बढी भैरहवामा ४३ दशमलव छ डिग्री सेल्सियससम्म पुगेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वको केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन थालेको छ । भोलि र पर्सि दशेका अरू भागमा पनि वर्षा हुन थाल्ने महाशाखाले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend