काठमाण्डाै महानगरकाे सीप मेलाका लागि १३ हजार जनाभन्दा धेरैकाे आवेदन

images
  • 269
    SHARES
  • बैशाख २३, २०८१ आइतबार
    काठमाण्डाै महानगरकाे सीप मेलाका लागि १३ हजार जनाभन्दा धेरैकाे आवेदन
    images

    काठमाण्डाै 

    काठमाण्डाै महानगरपालिकाले गएको १९ गतेदेखि शुरु गरेको ‘सीप मेला २०८१’ का लागि १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका छन् । दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित महानगरले मेला शुरु गरेकामा १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका हुन् ।

    काठमाण्डौ महानगरको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो ।

    उनीहरूलाई वैशाख २८ गते शुक्रवारभित्र तालिमको तालिका उपलब्ध गराउने योजना छ । वैशाख २० गतेपछि फाराम भर्नेहरूको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

    मेलाबाट १० क्षेत्रका २९ भन्दा बढी पेसासम्बन्धी तालिम दिने लक्ष्य छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend