टेबिल टेनिसको दक्षिण एशियाली ओलम्पिक छनोट नेपालमा हुने

images
  • 294
    SHARES
  • बैशाख २३, २०८१ आइतबार
    टेबिल टेनिसको दक्षिण एशियाली ओलम्पिक छनोट नेपालमा हुने
    images

    काठमाण्डाै 

    आउँदो जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो । छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरीयाताको शीष आठभित्र रहँदै यसअघि नै छनोट भइसकेको छ ।

    प्रतियोगितामा हरेक देशबाट दुई पुरुष र दुई महिला खेलाडीको सहभागिता रहनेछ । यसमध्ये एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।

    लैनचौरमा रहेको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छनोट खेलमा नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउनेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend