काठमाण्डौ
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन शुरु भएको दिनको अवसरमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । गोरखापत्र आजदेखि प्रकाशनको १ सय २४ वर्षमा लागेको छ ।
सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।



