लोकदोहोरी गायिका सुमित्रा तामाङको  नयाँ गीत ‘मान्छे सोझी छ’

images
  • 239
    SHARES
  • बैशाख २५, २०८१ मंगलबार
    लोकदोहोरी गायिका सुमित्रा तामाङको  नयाँ गीत ‘मान्छे सोझी छ’
    images

    लोकदोहोरी गायिका सुमित्रा तामाङको  नयाँ गीत ‘मान्छे सोझी छ’ सार्वजनिक भएको छ । यो गीत गायिका तामाङको आधिकारिक युट्युब च्यानल ‘सुमित्रा तामाङ’मार्फत सार्वजनिक गरिएको हो । यस गीतमा गायिका सुमित्रा तामाङ र गायक खेम सेन्चुरीको आवाज रहेको  छ । 

    गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ भने संगीत खेम सेन्चुरीले भरेका छन् । यस गीतको म्युजिक भिडिओमा गायिका सुमित्रा  र विनोद भण्डारीले अभिनय गरेका छन्। भण्डारीको नै निर्देशन रहेको गीतमा समाजमा घट्ने समसामयीक विषयवस्तुलाई समावेश गरिएको छ ।

    ‘मत गाउँले मगरकी छोरी’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुमित्राले ‘यो जुनेली रात,’ ‘दौतरी,’ ‘मलेखु माछा,’ ‘सम्झना बिर्सनाको साथी’ ‘चौतारीको बर’लगायत दर्जनौँ गीतमा आवाज दिइसकेकि छिन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend