काठमाण्डौ
अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरवको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिनुभयो ।
गएराति हुरीबताससँगै परेको चट्याङले गौरवको ज्यान गएको हो । यस्तै डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । घरमा क्षति पुगेको छ ।



