तनहुँ,
देवघाट गाउँपालिका वडा नम्बर ४ रातेपानी निवासी तुलबहादुर भुजेलको घरमा बैशाख २५ गते (हिजो)दिउँसो १ बजेर ३० मिनेटको समयमा घरमा चट्याङ लाग्दा आगलागी भइ घर पुर्ण क्षति भएको छ।

सो पीडित परिवारलाई तत्काल देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङको नेतृत्वमा देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,देवघाट गाउँपालिका विपद शाखाका होमबहादुर भाराती लगायतको उपस्थितिमा खाद्यान्न सामाग्री,लत्ताकपडा र ट्रीपाल प्रदान गरेको छ।साथै उपाध्यक्ष गुरुङले यो विपदको घडीमा सवै संघसंस्था र सहयोगीदाताहरुलाई साथ सहयोग गर्न आग्रह समेत गर्नुभएको छ।

देवघाट ईलाका प्रहरी कार्यालयको भनाइ अनुसार चट्याङ बाट घरका ८ सदस्य मध्य ३ जना बुबा तुलबहादुर भुजेल आमा सेनिमाया भुजेल र बुहारी जुनकीरी भुजेललाई सामान्य घाइते भएको बताएका छन् भने अन्य ५ जना सकुशल रहेको बताएका छन्।काठको बार भएको खरको छानो भएको एकतले फुसको(कच्ची)घर चट्याङको झिल्कोले आगलागी भएको बताएका छन्।

साथै घरमा आगलागी हुँदा नगत १६ हजार रुपैयाँ सहित ४ बोरा चामल,२ बोरा गहुँ,१बोरा तोरी,लत्ताकपडा,५ नेपाली नागरिकता र भाडाकुडा गरी २ लाख बराबरको आगलागी बाट क्षती भएको परिवारका सदस्यले बताए छन्।




