१२ अर्ब ऋण लिइने विश्व बैंकबाट

images
  • 86
    SHARES
  • जेठ २४, २०७९ मंगलबार
    १२ अर्ब ऋण लिइने विश्व बैंकबाट
    images

    काठमाडौं

    सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । 

    world-bank_20200407214729.jpg


    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । ‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिंदै गृहमन्त्री बालकृष्ण खाणले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend