जुवातास खेलिरहेको अवस्थामा २ जना पक्राउ

images
  • 250
    SHARES
  • बैशाख २७, २०८१ बिहीबार
    जुवातास खेलिरहेको अवस्थामा २ जना पक्राउ
    images

    धनुषा ।

    मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षीय सुकमान पाख्रिन रहेका छन् ।  

    प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend