काठमाण्डौ बालमन्दिर जग्गा हिनामिना गरेको आरोपमा (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी

images
  • 188
    SHARES
  • बैशाख २७, २०८१ बिहीबार
    काठमाण्डौ बालमन्दिर जग्गा हिनामिना गरेको आरोपमा (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी
    images

    काठमाण्डाै –

    काठमाण्डौको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    सीआईबीले जिल्ला अदालत काठमाण्डाैबाट नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएर पुर्जी जारी गरेको हो ।

    २०४९ सालदेखि २५ वर्षसम्म बाल सङ्गठनको अध्यक्ष रहँदा रीता वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवम् कर्मचारीको मिलेमतोमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएको सीआईबीले जनाएको छ । पहिले ५९ वर्षका लागि बालमन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिएको र त्यो जग्गा हिनामिना भइरहेको पाइएको छ ।

    बालमन्दिरको जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा नै गराइएको थिएन । पहिले भएको सम्झौताको म्याद २०८८ सालसम्म थियो । तर म्याद सकिन १६ वर्षअघि नै २०७२ सालत जेठ २१ गते सङ्गठनले थप ४३ वर्ष बृहस्पतिलाई नै दिने सम्झौता गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend