बसबाट खसेर ललितपुरमा ४ वर्षीया बालिकाको मृत्यु

images
  • 247
    SHARES
  • बैशाख २७, २०८१ बिहीबार
    बसबाट खसेर ललितपुरमा ४ वर्षीया बालिकाको मृत्यु
    images

    काठमाडौं।

    ललितपुरको टाखेलमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया आर्या सञ्जेल छिन् । बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका– १० टाखेलमा बा४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा आर्या बसबाट खसेकी थिइन् ।

    बसबाट खसेर गम्भीर घाइते भएकी सञ्जेललाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले दिए ।प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend