काठमाडौं, वैशाख २७-
सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड जाने भएका छन्।
दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ। भवन उद्घाटनका लागि प्रधानमन्त्री नै जाने भएपछि पालिकाभरी सार्वजनिक बिदा दिइएको छ।
गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कार्यपालिका बैठकले निर्णय गरेर प्रशासकीय भवन उद्घाटनको दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए।



