कुरिनटारमा दुई बस ठोकिदा १३ जना घाइते

images
  • 225
    SHARES
  • बैशाख २८, २०८१ शुक्रबार
    कुरिनटारमा दुई बस ठोकिदा १३ जना घाइते
    images

    कुरिनटार

    इच्छाकामना गाउँपालिका वडा नं–३, कुरिनटारस्थित पृथ्वीराजमार्गमा दुई यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।

     
    काठमाडौँबाट बुटवलतर्फ आइरहेको लु २ ख ४१९९ नम्बरको बस र दाङबाट काठमाडौँतर्फ गइरहेको ना ६ ख ३५६७ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु २ ख ४१९९ नम्बरको बसमा सवार १३ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये आठ जनाको स्थानीय मेडिकल मुग्लिनमा र पाँच जनाको उपचारका लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend