मुग्लिन वैशाख २८
चालु आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट सकाउन हतारहतारमा योजना सञ्चालन गरी सम्पन्न गर्ने परिपाटी लामो समयदेखि चलिआएको छ । आवको अन्त्यतिर सरकारी योजना सकाउँदै बजेट भुक्तानी गर्ने परिपाटी छ ।
उहाँले भन्नुभयो, “नयाँबस्ती, बेलडाँडा, लामीडाँडा हँुदै नाग्दीखोलासम्मको सडक बाटो स्तरोन्नति योजनाको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ, बाँकी ४० प्रतिशत भुक्तानी केही दिनभित्रै हुन्छ ।”
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना– ४ मा सबै योजना सम्पन्न भएका र अन्य वडामा सञ्चालित चालु आवका सम्पूर्ण योजना निर्माणको अन्तिम चरणमा रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवका सबै योजना निर्माणको अन्तिम चरणमा छन्, निर्माण सम्पन्न हुन बाँकी योजना केही दिनभित्र सक्छौँ ।” आगामी जेठमा आर्थिक वर्ष २०८१र८२ का योजना छनोट र बजेट निर्माणमा लाग्ने उहाँको भनाइ छ । रासस



