रूखको हाँगा काटेपछि महानगरपालिकाले तिरायो पाँच हजार जरिवाना

images
  • 168
    SHARES
  • बैशाख २८, २०८१ शुक्रबार
    रूखको हाँगा काटेपछि महानगरपालिकाले तिरायो पाँच हजार जरिवाना
    images

    ललितपुर, वैशाख २८-

    ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत पाँच हजार जरिवाना तिराएको हो ।

    महानगर प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराइएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend