चतराधाममा पूर्ण महाकुम्भ मेला समापन

images
  • 200
    SHARES
  • बैशाख २९, २०८१ शनिबार
    चतराधाममा पूर्ण महाकुम्भ  मेला समापन
    images

    सुनसरी 

    सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवम् स्नान गरी हिजाे समापन भएको छ ।

    मेला गत चैत २७ गते शुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवानको दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताउनुभयो ।

    मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख रुपैयाँ र  प्रदेश सरकारले  ५५ लाख रुपैयाँ प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । 

    प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend