भरतपुर
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा श्याम विक चयन भएका छन् ।
शनिबार सम्पन्न संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा यात्री छिदाल परियार, सचिवमा सन्तोष विश्वकर्मा, सहसचिव सरोज उपरकोटी र कोषाध्यक्षमा भाग्यश्वरी गायक चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा भने अस्मिता उपरकोटी, निरूता विश्वकर्मा, दिप्ती विश्वकर्मा र रोहन सुनार चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अमिर रामदाम र एलिना पोख्रेल प्रीतिलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा भने गोपाल विश्वकर्मा, अतिना परियार र सन्तोष परियारलाई चयन गरेको संघले जनाएको छ ।
सात जना पुरस्कृत राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाले सात जनालाई पुरस्कृत गरेको छ ।
चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८÷०७९ बाट नगद १५ हजार राशिसहित लक्ष्मण दर्नाल र सोही पुरस्कारको वर्ष २०७९÷०८० बाट निरूता विश्वकर्मालाई पुरस्कृत गरिएको हो ।
चुडामणी बराल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८÷०७९ बाट नगद पाँच हजारसहित सरोज उपरकोटी र सोही पुरस्कारको २०७९÷०८० बाट गोपाल विश्वकर्मा पुरस्कृत भएका छन् । चुडामणी बराल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार २०७८÷०७९ बाट रामकान्त पौडेल र सोही पुरस्कारको वर्ष २०७९÷०८० बाट तुलमान गुरूङ नगद पाँच हजारसहित पुरस्कृत भएका छन् । स्वर्गीय महावीर विश्वकर्मालाई भने मरणोपरान्त नगद पाँच हजार राशिसहित सम्मान गरिएको छ ।



