चनौली
भरतपुर महानगरपालिका–२०, दद्रेनीमा सडकमा गुडिरहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुल कल्याणपुरको बागमती प्रदेश– ०६-००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार बिहान आगजनी गरेको छ ।
बिहान करिब ८ः०० बजेको समयमा विद्यार्थी लिन गएको सो बसमा तीन वडा मोटरसाइकलमा आएका ६ जना अज्ञात समूहले दद्रेनी पुलमा बस रोकेर त्यहाँ रहेका विद्यार्थी र बस स्टाफलाई उर्तादै मोबाइल नियन्त्रण लिएर बसमा आगो लगाइ भागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिए पनि आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।



