विदेश पढ्न जाँदा झन्डै १ खर्ब रुपैयाँ बाहिरियाे

images
  • 135
    SHARES
  • बैशाख ३०, २०८१ आइतबार
    विदेश पढ्न जाँदा झन्डै १ खर्ब रुपैयाँ बाहिरियाे
    images

    काठमाण्डाै 

    चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म सेवा खाताअन्तर्गत १० महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ४० प्रतिशतले बढेर ६० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

    विदेशीले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै डेढ खर्ब रुपैयाँ पुगेको छ । १० महिनामा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ४२ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

    यस्तै चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ ।

    २०८० साल असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गएकाे चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend