स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको सपथ लिए

images
  • 164
    SHARES
  • बैशाख ३१, २०८१ सोमबार
    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको सपथ लिए
    images

    ३१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।

    नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेल बाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

    जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन् । जसपाबाट वन मन्त्रीमा नवल किशोर साह सुडी रहेका छन् । जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरे पनि खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend