काठमाडौं, जेठ २
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजको सुनवाइ सुरु भएको छ ।
हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो । आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लागि डेढ घण्टा समय दिइएको छ । सन्दीपका वकिलहरूलाई एक घण्टा दिइएको भए पनि उनीहरूले डेढ घण्टाकै माग गरेका छन् ।



