काठमाडौं, जेठ २
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ ।
सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए । उक्त कार्यक्रममाथि हुने छलफलमा के कस्ता विषय राख्ने भनेर एमालेले संसदीय दलको बैठकमा छलफल गर्न लागेको हो ।
यही माग राखेर कांग्रेसले मंगलबार संघीय संसदको दुवै सदनको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत टेबुल गर्न नदिएको टिप्पणी सत्तापक्षले लगाएको छ ।



