देवघाट तनहुँ:जेष्ठ २४ गते अञ्जली बोटे
तनहुँको देवघाटमा लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत अचार बनाउने सीपमूलक तालिम हिजो बाट सुरुमा भइ आज एक कार्यक्रम बीच समापन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले तालिममा सहभागी प्रशिक्षार्थी महिला दिदिबहिनीहरूलाई तालीम लिए पछि व्यावसायिक रुपमा अगाडी बढ्दै आफ्नो क्षेमता र सिपको बिकास गर्नु पर्ने बताउनुभयो। साथै अध्यक्ष थापाले सीप मुलक तालीमले महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउने साथै देवघाट गाउँपालिकाको बिकासमा जनताको मनोभावनालाई बुझेर काम अगाडी बढाउने समेत बताउनुभयो।

सो कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिंह गुरुङले अचार बनाउने कार्यक्रम महिला दिदिबहिनीहरुको लागी प्रभावकारी भएको बताउदै देवघाट गाउँपालिका भित्र पाइने फलफुलहरु आँप,अमला,कोईराला फुल लगाएतका फलफुल बाट भन्ने अचारलाई देवघाटको विशेषता मानी चीनोको रुपाम देवघाट आउने अन्तरिक तथा बाह्य पर्यटनहरुले समेत खरिद गरि लैजान बताउनुभयो।

तालिममा प्रशिक्षक तथा अचार व्यवसायी सुनिता श्रेष्ठले हिजो र आज सहभागी ३५ जना प्रशिक्षार्थीहरुलाई ६ प्रकारको अचार मुला, गाजर, काउलीको मिक्स, आँपको र मासुको अचार बनाउन सिकाएको जानकारी गराउनुभयो ।

तालिममा देवघाट गाउँपालिकाका प्रशासन शाखा अधिकृत गोविन्द प्रसाद पौडेल, देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्ण राज पन्त महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख सुभद्र भट्टराई लगाएको उपस्थिति रहेको थियोे भने देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।




