बैशाख पुर्णिमाको अवसरमा तमु टहो ह्युल हङकङले भव्य कार्यक्रम आयोजना

images
  • 211
    SHARES
  • जेठ २, २०८१ बुधबार
    बैशाख पुर्णिमाको अवसरमा तमु टहो ह्युल हङकङले भव्य कार्यक्रम आयोजना
    images

    हङकङ

    तमुहरुको ऐतिहासिक तथा महान सांस्कृतिक पर्ब बैशाख पुर्णिमाको अवसरमा तमु टहो ह्युल हङकङले भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको छब्बीसौं वार्षिक उत्सबको समेत अवसर पारेर आउदो जुन २ तारिखको साँझ हङकङको ब्लु ओसन रेष्टुरेन्ट एन्ड बारमा कार्यक्रम हुने भएको हो ।

    आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी गराए अनुसार उक्त कार्यक्रममा लोक गायिका प्रिया गुरुङ र लोक गायक मनोज गुरुङ सहित अन्य कलाकारहरुको सांस्कृतिक कार्यक्रममा प्रस्तुति रहने छ । कार्यक्रममा लोपोन्मुख बाह्रमासे घाटु नृत्य, प्रहसन, सामुहिक नृत्य प्रस्तुत हुने आयोजक तमु टहो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा संस्थाको महिला विभागबाट कविता गुरुङ र उपाध्यक्ष ईश्वर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव पदम गुरुङले सञ्चालन गरेका थिए । आयोजक तथा अतिथिहरुले कार्यक्रमको पोष्टर समेत सार्वजनिक गरेका थिए ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend