सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड

images
  • 186
    SHARES
  • जेठ ३, २०८१ बिहीबार
    सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड
    images

    ३ जेठ, काठमाडौं 

    सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

    वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर्‍यो । त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ ।

    बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend