पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गयाे

images
  • 344
    SHARES
  • जेठ ५, २०८१ शनिबार
    पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गयाे
    images

    तनहुँ –

    तनहुँको बन्दीपुर–२ बट्टारमा रहेको सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय बिनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको ज्यान गएको हो ।

    छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर ज्यान गएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुबैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend